झापा/ झापाको गौरादह कृषि क्याम्पसमा सम्पन्न विद्यार्थी संघको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अनेरास्ववियूबीच रोचक प्रतिस्पर्धा देखिएको छ। अन्तिम मत परिणामअनुसार सभापति पदमा नेविसंघका स्वर्णिम अधिकारी निर्वाचित भएका छन् भने बाँकी सबै पदमा अनेरास्ववियूका उम्मेदवारले जित हासिल गरेका छन्।
सभापति पदका लागि भएको निर्वाचनमा अधिकारीले १२० मत प्राप्त गरी विजयी बनेका हुन्। त्यस्तै, सचिव पदमा अनेरास्ववियूका प्रथम गिरी १४२ मतसहित विजयी भएका छन्।
कोषाध्यक्ष पदमा अनेरास्ववियूकी रिकिताकुमारी चौधरीले १५५ मत ल्याएर जित हासिल गरेकी छन्। सदस्य पदमा पनि अनेरास्ववियूका उम्मेदवारहरू विजयी भएका छन्। प्रविन विष्टले १४३, वर्षा अधिकारीले १३८, लोकबहादुर खत्रीले १४०, निकिता राजवंशीले १३९ र सिमरन विश्वासले १२८ मत प्राप्त गरी निर्वाचित भएका छन्।

What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



