आजदेखि एसइई सुरु ,झापाबाट १७ हजार बढी सहभागी हुदै

 झापा/माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ ।पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने लागेका छन् […]

Continue Reading

दमक बहुमुखि क्याम्पसमा स्वतन्त्र प्यानलका बस्नेत निर्बाचित

दमक /दमकस्थित दमक बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा स्वतन्त्र प्यानलका भूपेन्द्र बस्नेत (भूवन) निर्वाचित भएका छन् ।अन्तिम मतपरिणाम अनुसार उनका निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका निशम अधिकारीलाई ४४ मतअन्तरले पराजित गर्दै बस्नेत सभापतिमा निर्बाचित भएका हुन् । बस्नेतका पक्षमा ६६८ मत खसेको थियो ।अधिकारीका पक्षमा ६२४ मत खसको निर्बाचन समितीले जनाएको छ ।यस्तै सचिबमा अनेरास्यबियूका राकेश खड्का, कोषाध्यक्षमा […]

Continue Reading

गौरादह कृषि क्याम्पसको चुनाव: सभापतिमा नेविसंघ, बाँकी सबै पदमा अनेरास्ववियू विजयी

झापा/ झापाको गौरादह कृषि क्याम्पसमा सम्पन्न विद्यार्थी संघको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अनेरास्ववियूबीच रोचक प्रतिस्पर्धा देखिएको छ। अन्तिम मत परिणामअनुसार सभापति पदमा नेविसंघका स्वर्णिम अधिकारी निर्वाचित भएका छन् भने बाँकी सबै पदमा अनेरास्ववियूका उम्मेदवारले जित हासिल गरेका छन्। सभापति पदका लागि भएको निर्वाचनमा अधिकारीले १२० मत प्राप्त गरी विजयी बनेका हुन्। त्यस्तै, सचिव […]

Continue Reading

गौरादह क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका पौडेल निर्वाचित

गौरादह/गौरादह बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तुलसीराम पौडेल निर्वाचित भएका छन् । सचिवमा राप्रविसंघका अन्जन राई र कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) का प्रमेश कार्की निर्वाचित भएका छन् । सो क्याम्पसमा तीन संगठनबीच तालमेल भएको थियो । सभापतिमा पौडेलले १५२ र नेविसंघका उम्मेदवार मदन प्रसाद सिटौलाले ६६ मत प्राप्त गरेका थिए । यस्तै सदस्यहरुमा अनेरास्ववियुको उम्मेदवारी दिपिका […]

Continue Reading

गरामनि क्याम्पसमा राप्रपा निकट विद्यार्थी सङ्गठन बिजयी

झापा /झापाको गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) को निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्यानल नै जितेको छ । कुल ४० विद्यार्थीमध्ये २० जना उम्मेद्वार बनेकोमा ३७ जनाले मतदानमा भाग लिएका थिए । अन्तिम मत परिणाम अनुसार राप्रविसंका केशव खरेल २३ मत ल्याउँदै सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धीहरु अनेरास्ववियूकी बिमला गिरीले ६ […]

Continue Reading

दमक बहुमुखि क्याम्पसमा ५३ प्रतिषत मतदान

झापा /झापाको दमक बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा १ हजार ९ सय ६५ मत खसेको छ । विहान ८ बजेबाट सुरु गरिएको मतदान दिउँसो ४ बजेसम्म तय गरिएको थियो । उक्त अवधिमा ३ हजार ७ सय ३ मतदातामध्ये ५३ प्रतिषत मात्र मत खसेको हो । प्राप्त मतको आजै विधार्थी संगठनका प्रमुख,प्रतिनिधि र उम्मेद्धवारका प्रतिनिधिसंग छलफल […]

Continue Reading

स्ववियु निर्वाचन : त्रिविका ३८ क्याम्पसमा मतदान

झापा / त्रिभुवन विश्वविद्यालयको ६० वटा मध्ये ३८ वटा आङ्गिक क्याम्पसमा मङ्गलबार मतदान भएको छ।त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले गत फागुन ९ गते सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज मतदान कार्यक्रम भएको हो।त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा। पशुपति अधिकारीका अनुसार काठमाडौँ उपत्यकाभित्रका ११ र उपत्यका […]

Continue Reading

स्वबियू निर्बाचन : गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेविसंघ-अनेरास्ववियूको गठबन्धन बिजयी

झापा /झापाकोे गौरीगञ्ज बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू ) को निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको संयुक्त गठबन्धन विजयी भएको छ ।अन्तिम मत परिणाम अनुसार गठबन्धनका तर्फबाट सभापति पदमा उम्मेद्वारी दिएका रोशन यादव ४६ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु अखिल क्रान्तिकारीकी मोहिनीकुमारी राजवंशी २२ र स्वतन्त्र उम्मेद्वार लालदेव यादवले २९ मत ल्याएका छन् ।त्यस्तै […]

Continue Reading

स्ववियु निर्वाचनः  झापाका १३ क्याम्पसमा ९ विद्यार्थी संगठन प्रतिस्पर्धामा

झापा/ त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त झापाका १३ वटा क्याम्पसमा आज स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै  छ ।मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ । गौरादह कृषि क्याम्पसमा केही ढिलो मतदान हुने बुझिएको छ । जिल्लामा राजनीतिक दलनिकट र स्वतन्त्र गरी ९ विद्यार्थी समूहले निर्वाचनमा भाग लिएका छन् । झापामा अध्यक्ष पदका […]

Continue Reading

त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

झापा / त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ४६ वटा अंगिक क्याम्पस सहति अरु सम्बन्धन प्राप्त क्याम्पसमा पनि आज चुनाव हुन लागेको छ । मतदान बिहान ८ बजेदेखि ४ बजे सम्म हुनेछ । १३ वटा आंगिक क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ ।‘रोकिएका क्याम्पसमा सहमतिको प्रयास भइरहेको छ । […]

Continue Reading