झापा / त्रिभुवन विश्वविद्यालयको ६० वटा मध्ये ३८ वटा आङ्गिक क्याम्पसमा मङ्गलबार मतदान भएको छ।त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले गत फागुन ९ गते सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज मतदान कार्यक्रम भएको हो।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा। पशुपति अधिकारीका अनुसार काठमाडौँ उपत्यकाभित्रका ११ र उपत्यका बाहिरका विभिन्न ११ क्याम्पसमा आज स्ववियु निर्वाचन हुन सकेन।उहाँले निर्वाचन हुन नसकेका क्याम्पसमा निर्वाचन प्रक्रिया व्यवस्थित गर्नलाई समझदारीको प्रयास भइरहेको बताउनुभयो।

Share