मिडिया कपको संरक्षकमा मेचीनगर पालिका, आधा दर्जन संस्थाहरु जोडिए

खेलकुद ताजा समाचार मुख्य समाचार

झापा। प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ का लागि विभिन्न संघसंस्थाहरुले सम्झौता गरेका छन् । मिडिया कपको संरक्षकको रुपमा मेचीनगर नगरपालिका रहेको छ भने नगर खेलकुद विकास समिति मुख्य सहयोगी बनेको छ ।
मिडिया कपलाई भव्यरुपमा सम्पन्न गराउनका लागि दाताहरुले सहयोगको हात अगाडि बढाएका छन् । पुस १९ गतेसम्म प्रेस क्लब मेचीनगरसँग आधा दर्जन संघ संस्थाहरुले सम्झौता गरिसकेको क्लबका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।
मिडियाकपका लागि पर्यटन कार्यालय काँकरभिट्टा, इष्ट होराइजन मावि, होटल मेची क्राउन, बिर्तामोड एजुकेशन धुलाबारी शाखा, उदेश्य निर्माण सेवा मेचीनगर, सहारा नेपाल साकोस, टिमुर चामल विराटनगर, अशोक मसला, मेचीनगर वडा नं १४, प्याब्सन मेचीनगर, मेची आँखा अस्पताल बिर्तामोड, स्कूल ब्रेनवेभ सर्कल मेचीनगर, डालमिया पानी उद्योग, काँकरभिट्टा खानेपानी लगायतले प्रायोजकको रुपमा सहयोग गरेको खेल संयोजक खगेन्द्र घिमिरेले जानकारी दिए ।
उनका अनुसार मिडिया कपका लागि व्यक्तिगत सहयोग पनि आउने क्रम जारी रहेको छ । क्लबले प्रायोजक संघसंस्थाको नाम क्रमशः सार्वजनिक गर्दै जाने संयोजक घिमिरेले बताए ।
यही पुस २७ र २८ गतेदेखि हुन लागेको मिडियाकपमा नेपालसहित भारतका दुईगरी ८ वटा पत्रकारको टिम सहभागी हुँदैछन् । प्रतियोगितामा प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले गरेको छ ।
केही दिन अघि लोगो सार्वजनिक गरेको प्रेस क्लब मेचीनगरले दुई दिन भित्र खेल तालिका पनि सार्वजनिक गर्ने बताइएको छ । खेल मैदान सम्याउने लगायतका अन्य व्यवस्थापनका काम तीब्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।
मिडिया कपको विजेताले नगद ५० हजारसहित ट्रफी, शिल्ड तथा प्रमाण पत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सञ्चारको क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पहिलो पटक मिडियाकप आयोजना गरिएको हो ।
……………………..

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *