दमक क्याम्पसमा पाठेघर क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम तथा सेनेटरी प्याड वितरण

ताजा समाचार स्थानिय स्वास्थ्य

दमक, । अनेरास्ववियु दमक क्याम्पस कमिटी महिला विभागको आयोजनामा पाठेघरको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

आज दमक क्याम्पसमा सम्पन्न उक्त कार्यक्रममा एसियाकै उत्कृष्ट स्त्रीरोग विशेषज्ञ डा. अन्जु मण्डलले क्यान्सरसम्बन्धी जानकारी दिएकी थिइन्। कार्यक्रममा विशेषगरी पाठेघरको क्यान्सरको कारण, लक्षण, रोकथाम र उपचारका उपायबारे चर्चा गरिएको थियो।

सचेतना कार्यक्रमसँगै छात्राहरूलाई सेनेटरी प्याड वितरण गरिएको महिला विभागकी संयोजक बसन्ती राईले जानकारी दिइन्। उनले महिलाहरूको स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउँदै यस्ता कार्यक्रमले जनचेतना बढाउने विश्वास व्यक्त गरिन्।

दमक क्याम्पसमा आयोजित यो कार्यक्रम विद्यार्थीहरूका लागि लाभदायक भएको सहभागीहरूले बताएका छन्।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *