ईलाम/ ईलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ निवासी ६७ वर्षीय लक्ष्मण खडका ढाडको मेरुदण्डसम्बन्धी समस्याका कारण महिनौँदेखि ओछ्यानमै थलिएर असह्य पीडा सहन बाध्य थिए। उचित उपचारका लागि आर्थिक अभाव भएपछि उनी उठबस र हिँडडुल गर्नसमेत असमर्थ बनेका थिए।
पीडादायी अवस्थामै रहेका खडका पछिल्लो समय ढाडमा गहिरो घाउ भएर थप कष्टकर अवस्थामा पुगेपछि चुलाचुली-१ का वडाध्यक्ष पूर्ण कुमार लावतीको विशेष पहलमा स्थानिय समाजसेवी चक्र बहादुर गजमेरले दमक अस्पताल तथा रिसर्च सेन्टरमा उपचारको व्यवस्था गरिदिएका छन्। फागुन १२ गतेदेखि अस्पतालमा भर्ना भएका खडकाको अहिले निरन्तर उपचार भइरहेको भेला थापाले बताउनुभयो ।
उक्त उपचारका लागि आर्थिक सहयोग आवश्यक भएकाले समाजसेवी तथा सरोकारवालाहरूले थप सहयोगका लागि अपिल गरेका छन्। उपचाररत खडकाको स्वास्थ्य अवस्थाबारे अस्पतालले थप जानकारी दिन बाँकी रहेको अस्पताल संचालक समितिकि अध्यक्ष सरिता नेयुपानेले बताउनुभयो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



