झापा /प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।
चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले सो लोगो बिहीबार संगठनको केन्द्रीय कार्यालयमा सार्वजनिक गर्नुभएको हो।
प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा हुँदैछ। २०८१ चैत १० देखि १२ गतेसम्म कोशी प्रदेशको राजधानी विराटनगरमा हुने महाधिवेशनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
१०औँ महाधिवेशनको नारा ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’, राखिएको छ। लोगोमा नेपालको गौरव र गरिमा विश्वको सर्वोच्च शिखर सगरमाथालाई समेटिएको छ। त्यस्तै इलामको श्रीअन्तुको सूर्योदयको दृश्य, नेपालको सबैभन्दा होचो भाग झापाको केचनाकवल, कोशी टप्पु वन्यजन्तु आरक्ष, भोजपुर, खोटाङ र सोलुखुम्बुको बीचमा पर्ने संस्कृति र सभ्यताको केन्द्र मुन्धुम ट्रेल, प्रकृति अनि इतिहासको केन्द्र कञ्चनजङ्घा, ९ताप्लेजुङ०, मकालु ९सङ्खुवासभा० भेडेटार–हिले ९धनकुटा०, धरान, विराटनगर लगायतका क्षेत्रलाई पनि लोगोमा समेटिएको छ।
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी तिनजुरे–मिल्के(जलजले ९टिएमजे०, चिया बगान लगायतलाई लोगोमा समेटिएको छ।


What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



