लोकतन्त्रका विषयमा कांग्रेसले फुर्ती नलगाउनुः एमाले अध्यक्ष ओली

ताजा समाचार राजनीति हाम्रो झापा

झापा — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका विषयमा फुर्ती नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ ।

एमाले झापाको ११ औं अधिवेशन उद्घाटन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विगतका दिनमा कांग्रेसकै शासनका बेला वामपन्थी पार्टीहरूमाथि भएका आक्रमण र परिस्थितिले कांग्रेस लोकतान्त्रिक पार्टी नभएको दाबी गर्नुभयो ।

नेपालमा पञ्चायतविरुद्ध कहीँ कतै आन्दोलन गर्ने वातावरण नभएका बेला आफूहरूले विद्रोहमार्फत झापाबाट आन्दोलन शुरु गरेको उहाँले बताउनुभयो । झापा विद्रोहमार्फत आन्दोलन गर्दै पञ्चायती शासन व्यवस्थालाई घुँडा टेकाएको उहाँले बताउनुभयो बताउनुभयो । नेपालमा वामपन्थी विद्रोहले देशलाई सही बाटो दिएको ओलीको दाबी थियो ।

आफूले अहिले पनि पार्टीमा गलत नीति अवलम्बन नगरेको ओलीले दाबी गर्नुभयो । ती नीतिहरूलाई कसैले गलत भन्छ भने बहस गर्न आफू तयार रहेको उहाँको भनाइ थियो । मिसन ८४ का लागि अर्जुनदृष्टि राखेर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *