कोशी प्रदेशमा संबिधान दिवसको तयारी,५ सय १ सदस्यीय मूल समिति गठन

ताजा समाचार प्रदेश

झापा ।कोशी प्रदेश सरकारले यसपटकको संविधान दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ । ५ सय १ सदस्यीय मूल समारोह समिति घोषणा गरी मनाउने तयारी थालेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले दिवसको तयारी थालेको हो । मुख्यमन्त्री कार्कीले यस पटकको संविधान दिवस भव्य र सृजनात्मक बनाउने गरी तयारी थालिएको बताए ।

उनले संविधान दिवसलाई जनतासँग जोड्ने सबै जातजाति धर्म संस्कृति मान्ने सबैको सहभागिता हुने गरी दिवस मनाइने जानकारी दिए । उनले भने, ‘हाम्रो देश विविधताले भरिपूर्ण छ ती सबै विविधताहरूको उजागर हुने र अपनत्व हुने गरी दिवसको तयारी छ ।’
यस पटकको संविधान दिवसमा प्रतियोगितात्मक झाँकी प्रदर्शनी, वतृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिता र मूल आयोजकले औपचारिक कार्यक्रम गर्ने तयारी छ । असोज २ गतेदेखि तीन दिनसम्म मनाउने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रमहरू पनि सञ्चालन हुनेछ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *