दमक नगरपालिकामा युवा लक्षित कार्यक्रम अन्तर्गत सञ्चालन भएको बारिस्ता तालिम बुधबार सफलतापूर्वक सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/८२ काे लक्षित कार्यक्रम अन्तर्गत आयोजित उक्त तालिममा ३१ जना सहभागी भएका थिए।
तालिम दमक नगरपालिका वडा नं. ५ को आयोजना तथा चन्द्र सूर्य सीप विकास संस्था को सहकार्यमा सञ्चालन गरिएको थियो। तालिमको प्रशिक्षण आकाश खड्काले प्रदान गरेका थिए भने ३१ जनाले विशेष प्रशिक्षण प्राप्त गरेका थिए।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा दमक नगरपालिकाकी उप–प्रमुख रेगिना भट्टराई प्रसाई रहनुभएको थियो। कार्यक्रममा चन्द्र सूर्य सीप विकास संस्थाका अध्यक्ष विष्णु प्रसाद अधिकारी ले स्थानीय युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रम दमक नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ को अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन वडा सचिव निदि नारायण ढुङ्गेल ले गर्नुभएको थियो। समापन कार्यक्रममा वडा सदस्यहरू ख्याम कुमारी परियार, शोभा खतिवडा बेलबासे, खड्क बहादुर राई, गोपाल कृष्ण सङ्ग्रौला लगायतको उपस्थिति रहेको थियो।
स्थानिय युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउन यस्ता तालिमहरू प्रभावकारी हुने भन्दै सहभागीहरूले नगरपालिकालाई धन्यवाद दिएका थिए ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



