दमकमा सेतुमारी कृषि सहकारी संस्थाको वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न 

ताजा समाचार स्थानिय

झापाको दमकमा सेतुमारी कृषि सहकारी संस्थाको वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार दमक-९ स्थित सेतुमारी कृषि फर्मको तालिम हलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने उप-प्रमुख रेगिना भट्टराई प्रसाई विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा ९ नं. वडा अध्यक्ष कुवेर प्रसाद भट्टराईको पनि उपस्थिति रहेको थियो।

सेतुमारी कृषि सहकारी संस्थाका अध्यक्ष सोमराज तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न कृषि तथा सहकारी क्षेत्रका व्यक्तित्वहरू उपस्थित थिए। संस्थाका व्यवस्थापक दिपक खनालले सहकारीको प्रगति विवरण प्रस्तुत गर्नुका साथै आगामी योजनाहरूबारे जानकारी दिनुभयो।

कार्यक्रममा उत्कृष्ट योगदान दिने किसान तथा सहकारी सदस्यहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो। संस्थाले स्थानीय स्तरमा कृषिलाई प्रवर्द्धन गर्दै किसानहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *