स्ववियु चुनाव : त्रिदेव क्याम्पसमा अनेरास्ववियु पक्षमा उत्साहपूर्ण माहोल

ताजा समाचार राजनीति

झापा /त्रिदेव बहुमुखी क्याम्पसमा चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु पक्षमा उत्साहपूर्ण माहोल देखिएको छ । विद्यार्थीहरूका बीचमा अनेरास्ववियुको प्रभाव बढ्दै गइरहेको विद्यार्थी नेताहरुले प्रतिक्रिया दिएका छन् । संगठनका उम्मेदवारहरूलाई व्यापक समर्थन मिलिरहेको दावी गरिएको छ ।
अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन लामाले विशेष सभाको आयोजना गर्दै अध्यक्ष पदका लागि ईश्वर रिजालको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन् । उम्मेदवारी घोषणा सभामा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा विद्यार्थी विभाग इन्चार्ज समर्पण खतिवडा, जिल्ला कमिटी सदस्य दुर्गा धमला, नेकपा एमाले मेचिनगर कमिटी अध्यक्ष राजु कार्की, युवा संघ नेपालका पदाधिकारीहरू तथा अनेरास्ववियुका नेतृत्वको उपस्थिति रहेको थियो ।
यसपटक अनेरास्ववियुले चुनावी गणित उल्ट्याउने तयारी गरिरहेको छ । क्याम्पसमा अनेरास्ववियुको पक्षमा व्यापक समर्थन देखिएको छ । विद्यार्थीहरूका बीचमा परिवर्तनको आवश्यकता महसुस भइरहेको छ र अनेरास्ववियु त्यस परिवर्तनको नेतृत्व गर्न तयार रहेको बताइन्छ ।
अध्यक्ष पदका उम्मेदवार ईश्वर रिजाल विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । क्याम्पसमा विद्यार्थी हकहितका मुद्दा उठाउँदै आएका रिजाललाई संगठनभित्र लोकप्रिय नेताका रूपमा हेरिन्छ । संगठनका अनुसार, अघिल्लो चुनावमा भएको कमजोरीको गहिरो समीक्षा गर्दै बलियो रणनीति बनाइएको नेताहरुले बताएका छन् ।
चुनाव नजिकिँदै गर्दा अनेरास्ववियु समर्थक विद्यार्थीहरू आ–आफ्ना क्षेत्र, कक्षा र समूहमा उम्मेद्वारहरूको पक्षमा माहोल बनाउन सक्रिय देखिएका छन् । क्याम्पसमा दिनहुँ बैठक, छलफल तथा प्रचारात्मक गतिविधिहरू भइरहेका अनेरास्ववियुले जनाएको छ । विद्यार्थी नेताहरू नयाँ मतदाताहरूलाई संगठनको नीति तथा योजना बुझाउँदै उनीहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयासमा सक्रिय देखिएका छन् ।
अनेरास्ववियुले घोषणापत्र तयारी गरेरै स्ववियु निर्वाचनमा लागेको छ । घेषणापत्रमा विद्यार्थीहरूको हकहित, शैक्षिक सुधार, सुविधा सम्पन्न क्याम्पस निर्माण र आधुनिक प्रविधि प्रयोगका विषय समेटिने तथा संगठनले क्याम्पसमा गुणस्तरीय शिक्षाका लागि विशेष योजना समेटिने बताइएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *