महारानीझोडामा जग्गा काम चाडो सक्न प्रधानमन्त्री ओलीको निर्देशन

ताजा समाचार मुख्य समाचार समाज हाम्रो झापा

झापा /प्रधानमन्त्री केपी शर्मा ओलीलेले गौरादह ४ र ५ (साविक महारानीझोडा गाविस) जग्गा सम्बन्धि काम चाडो सक्न निर्देशन दिनु भएको छ।

गौरादह नगरपालिकाको टोलीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले जग्गा धनीपुर्जा वितरणको काम सुस्त भएकाले चाडै सक्न आग्रह गर्नु भयो । उहाँले बाकी रहेका प्रक्रिया तुरुन्तै सम्पन्न गरि धनिपुर्जा वितरण गर्न निर्देशन समेत दिनुभयो ।

भेटमा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी ,उपप्रमुख जलबर्षा राजवंशी प्रधानमन्त्रीका स्वकीय उपसचिव तुलसी कार्की लगायतको उपस्थिति रहेको थियोे । साविक महारानीझाेडाकाे जग्गा नापजाँच भए पनि नक्सा नहुदा स्थानीयले समस्या भाेग्दै आएका थिए । सरकारले महारानीझाेडाकाे समस्या समाधानका लागि समिति बनाएर काम अघि बढाएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *