झापाको बुद्धशान्तिबाट एक युवती पक्राउ

ताजा समाचार हाम्रो झापा


झापा । लागूऔषध गाँजाको कारोबार गरिरहेको अबस्थामा झापाको बुद्धशान्तिबाट प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ ।
गएराति ११स्३० बजे बुद्धशान्ति गाउँपालिका वडा ३ धिमाल टोलबाट इलाका प्रहरी कार्यालय बुधबारेले सोही ठाउँ बस्ने ६० वर्षीय श्याम धिमालको घर खानतलासी लिँदा उनी सुत्ने कोठाबाट तयारी गाँजा ४ केजी फेला परेको थियो ।
गाँजासहित उक्त कोठाबाट भारतीय रुपैयाँ २ हजार ३६०, नेपाली रुपैयाँ ३ लाख ६ हजार ८७० , तराजु –१ थान, ढक ८ वटा, माटोको चिलिम ६७ पिस, लाईटर १० पिस, सुतली डोरी अन्दाजी १० मिटर, प्याकेजिङ प्लाष्टिक ५० पिस, दाउजस्तो कटर चक्कु ३ थान, कैची १ थान, अचानो २ वटा, हतौडा १ थान र मोबाईल १ थानसमेत बरामद भएको थियो ।
ती सामानहरुसहित श्याम धिमालकी छोरी २९ वर्षीया दुर्गा धिमाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *