हात्ती आक्रमणबाट क्षति पुगेको (DPL) लाई दमक नगरपालिकाको आर्थिक सहयोग

Share

सुजन गाैतम – झापाको दमकमा केही दिनअघि हात्ती आक्रमणबाट क्षति पुगेको डायनामिक पब्लिक लाइब्रेरी (DPL) को भवन व्यवस्थापनका लागि दमक नगरपालिकाले आर्थिक सहयोग गरेको छ।

दमक नगरपालिकाका नगर प्रमुख राम थापा ज्यूले आज नगरपालिका कार्यालयमा (DPL) का संस्थापक अध्यक्ष भेषराज न्यौपानेलाई रु ५०,०००/- (पचास हजार) हस्तान्तरण गर्नुभयो।

हात्तीको आक्रमणले पुस्तकालय भवनमा क्षति पुगेपछि नगरपालिकाले तत्काल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। प्रमुख थापाले( DPL) जस्तो शैक्षिक संस्था नगरको महत्वपूर्ण सम्पत्ति भएको भन्दै यसको पुनःस्थापनामा नगरपालिका सधैं सहकार्य गर्ने आश्वासन दिनुभयो।

(DPL )का संस्थापक अध्यक्ष न्यौपानेले नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै थप पुनर्निर्माणका लागि विभिन्न संघ-संस्थासँग समन्वय भइरहेको जानकारी दिनुभयो।

(DPL )दमक क्षेत्रमा अध्ययनरत विद्यार्थी, शोधकर्ताहरू र पुस्तकप्रेमीहरूका लागि एक महत्त्वपूर्ण स्रोत केन्द्र हो। यस पुस्तकालयलाई अझ मजबुत बनाउन स्थानीय समुदाय, संघ-संस्था र नगरपालिकाको निरन्तर सहयोग आवश्यक रहेको पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ।

ताजा समाचार