इलाममा खनिउको रुखबाट लडेर एक जनाको मृत्यु

Share

इलाम, फागुन १६ – इलामको देउमाई नगरपालिकामा खनिउको रुखबाट लडेर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

देउमाई नगरपालिका–४ याक्सीका ४९ वर्षीय कमल खनाल फागुन २ गते खनिउको रुखबाट लडेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो।

इलाम प्रहरीले दिएको जानकारी अनुसार, उपचारकै क्रममा आज बिहान ९ बजे खनालको मृत्यु भएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

ताजा समाचार