डिपिएल नेपालद्वारा संसदिय व्यवस्थापन बैठक प्रणाली तालिम उद्घाटन

ताजा समाचार स्थानिय

सुजन गाैतम

झापा – डिपिएल नेपालले संसदिय व्यवस्थापन बैठक प्रणाली तालिमको उद्घाटन कार्यक्रम दमकस्थित होटल कोरिनेसनमा सम्पन्न गरेको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले गर्नुभएको थियो। विशेष अतिथिका रूपमा दमक नगर उपप्रमुख रेजिना भट्टराई प्रसाईं रहनुभएको थियो।

तालिममा प्रशिक्षकको रूपमा एलएलपी लाइफ ट्रेनर प्रदीप बिष्ट रहनुभएको छ। उद्घाटन समारोहको अध्यक्षता डिपिएल नेपालकी अध्यक्ष अनिता खत्रीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कार्यवाहक महासचिव जीवन सापकोटाले गर्नुभएको थियो।

स्वागत मन्तव्य डिपिएल नेपालका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम महानिर्देशक दिवस खतिवडाले दिनुभएको थियो। कार्यक्रममा डिपिएल नेपालका संस्थापक अध्यक्ष भेषराज न्यौपाने, दमक नगरपालिका–८ का वडाध्यक्ष दीपेश दाहाल, विनोद उप्रेती लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

डिपिएल नेपालका उपाध्यक्ष कमल गैरेका अनुसार देशभरका सम्पूर्ण शाखाहरूका प्रतिनिधिहरू तालिममा सहभागी रहेका छन्।

डिपिएल नेपालद्वारा आयोजित यो तालिमले संसदिय व्यवस्थापन बैठक प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने आयोजकहरूले बताएका छन्। २०८१ फागुन १७ गतेसम्म सञ्चालन हुने तालिममा व्यवस्थापन प्रणालीसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *