रास्वपा दमकका पूर्व वडाध्यक्ष एवम् सञ्चार उद्यमी पौडेल प्रेस चौतारीमा प्रवेश

ताजा समाचार मुख्य समाचार राजनीति


दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक एवम् सञ्चार उद्यमी केदार पौडेल प्रेस चौतारीमा प्रवेश गरेका छन् । रास्वपा दमक –८ का पूर्व अध्यक्ष केदार पौडेल प्रेस चौतारी नेपालमा प्रवेश गरेका हुन् ।
केहि वर्षदेखि रास्वपामा जिम्मेवारी समेत लिएर काम गरिरहेका मिडिया उद्यमी सवाल नेपाल अनलाईनका सञ्चालक पौडेलले प्रेस चौतारीका योजना र कार्यक्रमहरु राम्रो लागेर प्रवेश गरेको जानकारी दिए । उनले रास्वपा ठिक बाटोमा नरहेको भन्दै परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टीको वडा अध्यक्ष समेतको जिम्मेवारी पुरा गरिसकेका पौडेलले अब प्रेस चौतारीमा रहेका सञ्चार क्षेत्रमा क्रियाशिल रहने बताएका छन् ।
प्रेस चौतारी झापाले दमकमा बुधबार आयोजना गरेका एक अभिमुखिकरण कार्यक्रममा केन्द्रीय सचिव बिक्रम लुइटेल, कोशीका सहइञ्चार्ज गोपाल काफ्ले, जिल्ला अध्यक्ष प्रदीप परियारले सञ्चार उद्यमी पौडेललाई स्वागत गरेका हुन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *