एमालेद्वारा राष्ट्रियसभा सदस्यहरुको स्वागत र विदाई

ताजा समाचार देश राजनीति

झापा-आफ्नो ६ वर्षे कार्यकाल पूरा गरि विदा हुन लागेका राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरुलाई नेकपा एमालेले विदाई गरेको छ । शनिबार काठमाडौ स्थित कालुपाण्डे समाधीस्थल, दहचोकमा आयोजीत कार्यक्रममा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, राष्ट्रपतिबाट मनोनित सदस्य डा. विमला राई पौडेल सहित एमालेका तर्फबाट निर्वाचित सदस्यहरुको विदाई गरिएको हो । यस्तै सोहि कार्यक्रममा राष्ट्रियसभाको गत निर्वाचनमा कोशी प्रदेशबाट निर्वाचित रुक्मिणी कोईरालालाई स्वागत समेत गरिएको एमालेले जनाएको छ । कार्यक्रममा अध्यक्ष तिमल्सिना, मनोनित सदस्य राई सहित एमालेका तर्फबाट निर्वाचित भएका राष्ट्रिय सभाका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, सदस्यहरु कुमार दशौंदी, रामचन्द्र राई, नरपति लुहार, ईन्दू कडरीया, दिपा गुरुङ्, दिलकुमारी रावल थापा पार्वती सहित निवर्तमान दलका नेता खिमलाल भट्टराईलाई मायाँको चिनो सहित विदा गरिएको एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जानकारी दिए । कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले कार्यकाल भरि स्वतन्त्र र सन्तुलित रुपमा कार्यसम्पादन गरेको भन्दै सदस्यहरुले प्रशंसा गरेका थिए । यस्तै अध्यक्ष तिमल्सिनाले राष्ट्रियसभाले कानून निर्माण, राष्ट्रिय सरोकार विषय लगायत क्षेत्रमा महत्वपूर्ण काम गरेको बताएका थिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *