झापा ।त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिनेभएको छ ।
त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बिद्या भट्टराईलाई सो निर्णयबारे सोमबार जानकारी गराएको छ । निर्णयअनुसार यसअघिको मन्त्रालयको पत्रमा उल्लेख गरिएअनुसारको पहिलो चरणमा शिक्षाशास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने ब्यहोरा समेत जानकारी गराएको उल्लेख छ ।
शिक्षा मन्त्रालयकाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको २०८० चैत १५ गते बसेको बैठकबाट निर्णय गरिएको थियो।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



