झापा । झापाको हल्दिवारीबाट १३ जना जुवाडे पक्राउ परेका छन् ।
हल्दिवारी गाउँपालिका–१ गोलधापबाट १३ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोलधाप बजारस्थित गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।
उनीहरुको साथबाट नगद ८३ हजार दुई सय ८५ ,कौडा १६ थान, तास ४६९ थान, खाल एक थान, काठको फ्रेम एक थान, स्क्रिन टच मोबाइल ११ र किप्याड दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



