रास्वपाका नौजना सांसदहरूविरुद्ध प्रहरीम जाहेरी

ताजा समाचार राजनीति

झापा ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नौजना सांसदहरूविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ ।

आफूलाई सामाजिक अभियन्ता बताउने गरेका युवराज सफल पौडेलले नेपाल सरकार, नेपाल प्रहरी र अदालतको काममा अवरोध गर्ने रास्वपा सांसदहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा (५०) को उपदफा (४) बमोजिम तीन वर्ष जेल सजाय र ३० हजार जरिवाना माग गर्दै जिल्ला प्रहरी परिसरमा जाहेरी दिएका हुन् ।
जाहेरीमा उनले संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले अदालतको आदेशमा गरेको कारवाहीप्रति अवरोध सिर्जना गर्न आन्दोलन गरिरहेको आरोप लगाएका छन् ।
जाहेरीमा उनले रास्वपा सांसदहरू डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, डा, तोषिमा कार्की, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, मनिष झा र गणेश पराजुलीसहितलाई विपक्षी बनाउँदै जाहेरी दिएका हुन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *