अनेमसंघ झापाले निकाल्यो २०८२ को क्यालेन्डर

ताजा समाचार

झापा /अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको आयोजनामा नववर्ष २०८२ को शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम आज बिर्तामोडमा सम्पन्न भएको छ।

अनेमसंघ जिल्ला अध्यक्ष लीला दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा अनेमसंघ केन्द्रीय स्थायी कमिटी सदस्य तथा झापा ईन्चार्ज टीका घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो।

सचिव कोपिला चम्लागाईले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथिलगायत उपस्थित महानुभावहरूलाई उपाध्यक्ष रेनुका डाँगीले शाब्दिक स्वागत गरेकी थिइन् ।

सो अवसरमा प्रमुख अतिथि घिमिरेसहित मञ्चासिन अतिथिहरुले सामुहिक रुपमा २०८२ सालको भित्तेपात्रो ९क्यालेन्डर० विमोचन गरेका थिए ।

सो कार्यक्रममा अनेमसंघका केन्द्रीय नेतृहरु, कोशी प्रदेशका नेतृहरु, नेकपा एमालेका विभिन्न ओहदाका नेता नेतृत्वहरुले सम्बोधन गरेका थिए ।

पार्टी नेतृ, कोशी प्रदेशका सल्लाहकार सदस्य भीमा सिवाकोटीका अनुसार सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, केन्द्रीय लेखा आयोगका सदस्य जसमाया गजमेर, केन्द्रीय अनुसासन आयोगका सदस्य तथा अनेमसंघ केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभाका सदस्य तारा ढकाल तथा केन्द्रीय अनुसासन आयोगका सदस्य लीला कट्टेलले शुभकामना मन्तब्य राखेका थिए ।

यस्तै नेकपा एमाले झापा जिल्ला कमिटीका सदस्य तथा महिला फाँट इन्चार्ज पवित्रा पाठक, खानेपानी तथा उर्जामन्त्री एकराज कार्की, अनेमसंघ कोशी प्रदेश सचिव हेमकला कट्टेल, नेकपा एमाले केन्द्रीय सल्लाहाकार सदस्य चिन्तन पाठक लगायतका अतिथिहरुले आफ्ना धारणा राखेका थिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *