तराई–मधेशमा होली हर्षोल्लासपूर्वक मनाइयो

ताजा समाचार समाज


झापा /रङहरूको पर्व होली तराई मधेशमा हर्षोल्लासपूर्वक मनाईको छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार शुक्रबार यस क्षेत्रमा होली मनाईएको हो ।
होली पर्बका अवसरमा बिहानैदेखि विभिन्न स्थानमा मानिसहरू एकआपसमा रङ, अबिर लगाएर तथा पानी छ्यापेर होली मनाइरहेका छन्।

झापाको कांकरभिट्टा, चारआली, बिर्तामोड, सुरुङ्गा, दमक, भद्रपुर लगायतका विभिन्न स्थानमा भेला भएर परम्परागत गीत, नृत्य र विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ। विशेषगरी युवा पुस्ताले पिचकारी तथा रंगीन धुलो प्रयोग गरेर पर्वको रौनकता बढाएका छन्।सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ लगाउँदै सबैलाई रसरङले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगी पर्वको रूपमा लिने गरिन्छ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको हो।
रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रंग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ।
होली आउना साथै तराई भेगमा होरिया गीत गाएर रमाउने गर्छन्। वर्षभरिको मनमुटाव होली पर्वमा रङ र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव अझ प्रगाढ हुने विश्वाससहित यस पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ।
आफु भन्दा ठूलाबडालाई खुट्टामा अबिर हालेर ढोग्ने चलन पनि रहेको छ भने सानोलाई निधारमा अबिर वा रंग लागाएर सद्भाव देखाउने चलन रहेको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *