भोजपुरमा बाढीले बगाउँदा इर्खुवा हाइड्रो पावरका २ कामदार बेपत्ता

ताजा समाचार

भोजपुर । अविरल वर्षका काराण भोजपुरको इर्खुवा खोलामा आएको बाढीले इर्खुवा हाइड्रो पावरका २ जना कामदारलाई बगाएर बेपत्ता बनाएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका-४ गोथे बजारस्थित रहेको इर्खुवा खोलामा राति साढे एक बजे आएको बाढीले सुतिरहेका २ जना कामदारलाई बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

हाइड्रो निर्माणमा खटिएका कामदार बारबर्दिया गाउँपालिका-३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् । यस्तै २६ वर्षीय राम किसन थारुको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । 

शरिरमा चोट लागेका उहाँको अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ । थारुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *