झापा ।
स्वास्थ्य कार्यालय झापाले पोलियोविरुद्धको राष्ट्रिय आईपीभी खोप अभियान २०८१ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय आईपीभी खोप अभियान देशब्यापी रुपमा जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भइरहेको भएपनि झापामा आगामी जेठ १६ देखि २२ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालय झापाको आयोजनामा सोमवार भद्रपुरस्थित कार्यालयमा सञ्चारकर्मीहरुसँग एकदिने अभिमूखिकरण गोष्ठी गरेर अभियानको तयारीका बारेमा जानकारी दिइएको हो । खोप अभियानका क्रममा झापाका १५ वटै पालिकामा जम्मा ४५ हजार ६४८ जना बालबालिकालाई खोप दिइने भनिएपनि बिद्यालय तथा बिभिन्न तथ्याङ्क अनुसार ५८ हजार ३२६ जना कुल लक्षित समुह रहेका स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार झापामा खोपका लागि ५५२ वटा खोप केन्द्र, ४९४ जना खोप दिने स्वास्थ्यकर्मी र ८३६ जना स्वयमसेवकको तयारी गरिएको छ । खोप लगाउने क्रममा कुनै बालबालिकामा समस्या देखिएमा तत्काल उपचारको ब्यवस्थासमेत मिलाइएको बताइएको छ ।
अभियान अन्तरगत झापाका १५ वटै स्थानीय तहका तोकिएका सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मीद्धारा खोप लगाइने पोखरेलले बताए । त्यस्तै बिद्यालय बाहिर रहेका तोकिएका उमेश समुहका बालबालिकालाई पनि नजिकको खोप केन्द्रमा लगेर खोप लगाइने छ ।
नेपालमा सनु २०१० देखि पोलियो शुन्य अवस्थामा रहेको र नेपालले सन् २०१४ मार्च २७ गते पोलियो मुक्त प्रमाणपत्रसमेत प्राप्त गरेको छ ।
जेठ १३ गतेदेखि शुरु भएको अभियान अन्तर्गत देशभरका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइदैछ ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



