झापा – नेपाली कम्युनिस्ट आन्दोलनको कोसेढुंगाका रूपमा लिइने ‘झापा विद्रोह’का पाँच सहिदले सहादत प्राप्त गरेको दिन फागुन २१ लाई कम्युनिस्ट दलले विशेष रूपमा लिनेगरेका छन् ।
आजकै दिन ९२०२९ फागुन २१०मा कम्युनिस्ट आन्दोलनका योद्धा नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई इलामको दानाबारी ९हाल माई नगरपालिका०स्थित सुखानी जंगलमा गोली हानी हत्या गरिएको थियो । झापाबाट इलाममा जेल सार्ने बहानामा प्रहरीले गोली हानी हत्या गरेको घटना ‘सुखानी काण्ड’का रूपमा चर्चित छ ।
सहादतप्राप्त स्थलमा सहिद सुखानी स्मृति प्रतिष्ठानले पाँचै सहिदको अर्धकदको सालिकसमेत रहेको सहिदस्तम्भ निर्माण गरेको छ । नजिकै झापाको सालबारीमा यसअघि नै सुखानीका सहिदको पूर्णकदको सालिक निर्माण भइसकेको छ ।
सुखानीका सहिदलाई तत्कालीन केपी ओली सरकारले २०७२ फागुनमा सहिद घोषणा गरेको थियो । आन्दोलनमा प्रहरीको गोली लागी मृत्यु भएका आफ्ना सहकर्मी र मार्गदर्शकलाई सहिद घोषणा गर्नुपर्ने लामो समयदेखिको माग सरकारले ४३ वर्षपछि पूरा गर्दा इलाम र झापासमेतका जिल्लाका कम्युनिस्ट नेता–कार्यकर्ता हर्षित भएका थिए ।
सुखानीमा हत्या गरिएका योद्धालाई सहिद घोषणा गरेको साल नेकपा ९एमाले०ले सुखानीबाट ‘मेची भ्रमण अभियान’समेत सञ्चालन गरेको थियो ।
कुइँकेल, घिमिरे र श्रेष्ठ झापाको गरामनी गाविसका बासिन्दा थिए । दाहाल चारपाने र राजवंशी ज्यामिरगढी बस्थे । उनीहरूलाई एकैसाथ हत्या गरिएको ठाउँमा केही वर्षपहिले सहिद पार्क बनाइएको छ ।
उनीहरूलाई हत्या गरिएकै स्थानमा अहिले सहिदकै संख्याका पाँच रुख छन् । झापा आन्दोलनमा गरामनीकै बिर्जुलाल राजवंशी, हरिकृष्ण चौधरी, भेटला राजवंशी र हेमबहादुर खड्काले समेत सहादत पाएका थिए ।
प्रहरी नियन्त्रणका बेला जेलमै गोली हानेर हत्या गरिएका योद्धालाई पनि सहिद घोषणा गर्न कम्युनिस्ट नेता–कार्यकर्ताको माग छ ।
झापा आन्दोलनकै बेला झापा गरामनीका चन्द्र डाँगी पनि मारिएका थिए । २०३० साल साउन २० मा गरामनीस्थित नरियाबारीको एक घरमा बैठक गरिरहेका बेला प्रहरीले सुराकी पाएर उनीसहित १२–१५ जनालाई घेराबन्दीमा पारेको थियो ।
घेराबन्दीबाट उम्किनेक्रममा घरबाट बाहिर निस्किँदै गर्दा डाँगी प्रहरीको गोलीले आँगनमै ढलेका थिए । उनलाई पनि सहिद घोषणा गरिएको थियो ।
आजको दिन एमालेले इलाम र झापामा विभिन्न कार्यक्रम आयोजना गरेको छ । इलामस्थित एमालेले यो दिवसमा विभिन्न कार्यक्रम गर्न मातहत सबै कमिटीलाई निर्देशन दिएको छ ।
सहिद भइसकेकाले कम्तीमा पनि वर्षको एकपटक औपचारिकतामा मात्रै भएपनि सम्मान पाउँछन् । ती सहिदसंगै लडेका जिउँदा सहिद बनेको गुनासोप्रति भने कतैबाट सुनुवाई हुन सकेको छैन ।
सहिदको सम्मान गर्न भन्दै हरेक सहिद दिवसमा र्याली, कोणसभा र जुलुस आयोजना गरिन्छन् । तर, संगैका ज्युँदा योद्धा र सहिद परिवारको भने योगदानको कदर गर्नेतर्फ ध्यान जान सकेको छैन । झापा आन्दोलनका योद्धा विशेषगरी झापा र इलाममा छन् । उनीहरूबाट पटक–पटक आफ्नो उपेक्षा भएको गुनासो आउने गरेको वर्तमानका कम्युनिस्ट पार्टी पनि स्वीकार्छन् ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



