दमकमा सानो प्रयास युवा समाजको प्रथम साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

ताजा समाचार स्थानिय

सुजन गाैतम दमक / दमकमा क्रियाशील सानो प्रयास युवा समाजको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ। दमक–५ स्थित दिपिनी आधारभूत विद्यालयमा आयोजित सभाले नयाँ नेतृत्व समेत चयन गरेको छ।

दमक–५ का वडा अध्यक्ष ईन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले पुनः छविलाल खतिवडालाई अध्यक्ष चयन गरेको छ। नवगठित कार्यसमितिमा निश्चल राई उपाध्यक्ष, दिप ताजपुरिया सचिव, रोचक अधिकारी र सूर्य माया भुजेल सहसचिव, तथा यसोदा खतिवडा (काफ्ले) कोषाध्यक्ष चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा सुसन लिम्बु, सन्तोष गुरुङ, तनुजा दुलाल, चम्पा ताजपुरिया, कृष्ण भण्डारी, मोनिका दंगाल, संयोग खतिवडा, बादल माझि, आविष्कार भट्टराई, सविन श्रेष्ठ, सूजन गौतम, सुरज धिमाल, दिपक तिवारी, र कमल प्रसाद गैरे चयन भएका छन्।

सामाजिक कार्यमा सक्रिय यस संस्थाले दमक र आसपासका क्षेत्रहरूमा विभिन्न सहयोगी कार्यक्रम गर्दै आएको छ। यसै वर्ष मात्रै संस्थाले दमक, शिवसताक्षी लगायतका विद्यालयहरूमा शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको थियो।

संस्थाका नवनिर्वाचित अध्यक्ष छविलाल खतिवडाले सामाजिक कार्यलाई थप विस्तार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *