कोशी एमाले संसदीय दलका उपनेतामा तिलकुमार मेन्याङ्बो चयन

ताजा समाचार प्रदेश राजनीति


झापा ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेतामा तिलकुमार मेन्याङबो चयन भएका छन् ।
मंगलबार बसेको प्रदेश एमाले संसदीय दलको बैठकले मेन्याङ्बोलाई दलको उपनेता चयन गरेको हो । यसअघि एमाले संसदीय दलको उपनेता राम राना थिए ।
उनी आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि उपनेता परिवर्तन भएको एमाले सचेतक कमला दर्नालले जानकारी दिइन् ।
मंगलबारकै बैठकले सरकारको नीति तथा कार्यक्रमका लागि सुझाव दिन पाँच सदस्यीय सुझाव समिति बनाएको छ । समितिमा उपनेता मेन्याङ्बोसहित कमला दर्नाल, तिलचन पाठक, इन्द्रमणि पराजुली र जयप्रकाश चौधरी छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *