संसदीय छानबिन समितिको कार्यादेशमा दलहरुबीच सहमति

ताजा समाचार देश राजनीति


झापा ।
संसदको गतिरोध अन्त गर्नका लागि राजनैतिक सहमति निर्माण र संसदिय समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई उहाँको कार्यकक्ष सिंहदरबारमा प्रतिवेदन बुझाएको छ।

सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले छानविन समितिको टिओआरका सम्वन्धमा चार बुँदे सहमति गरि प्रधानमन्त्रीलाई उक्त प्रतिवेदन बुझाएको हो ।

समितिलाई सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने लगायतका ४ वटा जिम्मेवारी दिएको छ ।

अवसरमा कार्यदल संयोजक तथा कानुनमन्त्री पदम गिरीले प्रधानमन्त्रीको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपुर्ण नेतृत्वको कारण कार्यदलले सहि रूपमा काम गर्न सकेको बताउनु हुँदै जिम्मेवारी प्रदान गर्नु भएकोमा प्रधानमन्त्रीसहित नेतृत्वगणप्रति आभार प्रकट गर्नुभयो । प्रधानमन्त्रीले आफ्नो भुमिकालाई कुशलतापुर्वक पुरा गरेकोमा कार्यदल संयोजक सहित सबै सदस्यहरुलाई धन्यवाद दिनु भयो

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *