झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ । ६८ वर्षीया विष्णुमाया विष्टलाई आज राती चोरले रडले हिर्काएर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।उक्त घटनास्थलमा झापाका प्रहरी प्रमुख मिलन केसीसहितको टोली आइसकेको छ । घटनास्थललाई सुरक्षित राखिएको प्रहरीको भनाई छ । राती गाउँलेले चोर आएको थाहा पाएपछि लेखेटेका थिए, स्थानीय भन्छन् – त्यहि चोरले एक्लै बस्दै आएकी वद्धालाई रडले हिर्काएर हत्या गरेको हुन सक्छ ।राती अबेरसम्म छोरासँग कुरा गरेर बस्नुभएको थियो, चोर आयो भन्ने पनि कुरा भएको थियो । विहान दुखद् घटना सुन्नु परेको छ, एकले जनाले भने । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



