सरकारद्धारा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्बजनिक, ६ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण

आर्थिक ताजा समाचार देश


झापा ।
सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज संयुक्त सदनको बैठकमा आउँदो वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गर्नुभएको हो । चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१ दशमलव ३१ प्रतिशत बजेट विनियोजन भएको छ । पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो चालू वर्षको भन्दा २१ प्रतिशतले धेरै हो ।
आउँदो वर्ष सरकारले १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ ल्याउने बजेटमा उल्लेख छ । राजस्व र अनुदानबाट अपुग भएको रकम अर्थात् ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ ऋण लिइने बजेटमा उल्लेख छ । यसमध्ये २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ वैदेशिक ऋण र ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने बजेटमा उल्लेख छ । सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *