झापा गोल्डकप पहिलो हाफमा पुलिस र चर्चब्वाइजबीच गोलरहित बराबरी

खेलकुद ताजा समाचार हाम्रो झापा

झापा — छैटौं झापा गोल्डकपअन्तर्गत आज नेपाल पुलिस र चर्च ब्वाइजबीच खेल भइरहेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी खेल निकै प्रतिस्पर्धात्मक छ । दुवै टोलीले गोलका लागि अवसर सृजना गरेका छन् । तर, गोल भने गर्न सकिरहेका छैनन् ।

२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैठौँ संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए । प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *