झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु

ताजा समाचार हाम्रो झापा

हल्दिबारी। झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–४ लक्ष्मीचोक पश्चिम निवासी अन्दाजी ३० वर्षीय नरेश मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोक्तान मंगलबार बेलुकी ५ बजेको समयमा चुडालचोक पूर्व बाटो छेउको नाली जमेको पानीमा करेन्ट लगाई माछा मार्ने गएका थिए । सोही क्रममा करेन्ट लागेर घाइते भएका उनलाई डुबेको अवस्थामा उद्धार गरी उप चारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो ।

अस्पताल पुर्‍याउन साथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । घटना पश्चात् जलथल प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको टोली अनुसन्धानका लागि पुगेको पूर्व वडाध्यक्ष होम चुडालले जानकारी दिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *