झापा – मोरङको बेलबारीमा भएको ट्रिपर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । बेलबारी नगरपालिका-३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँकी ४४ वर्षीया दिपा खनाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए ।
यस्तै, झापाको बिर्तामोड २ बस्ने ३६ वर्षीय कृष्ण गजुरेलको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको दाहालले बताए । उनी सुमो चालक हुन् ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



