सनातन समाजको आयोजनामा अस्ट्रेलियामा महाशिव रात्रि पुजा

अन्तर्राष्ट्रिय ताजा समाचार

सनातन समाज अस्ट्रेलियाले यही आउँदो मार्च ८ गते, शुक्रबार, महा शिवरात्रि पूजा अस्ट्रेलियाको राजधानी क्यानबेराको Weston Creek Scout Hall, Dillon Cl मा आयोजना गर्ने भएको छ। सनातन धर्म प्रेमी भगवान श्री भोलेनाथका प्रिय भक्तहरूको बिशेष दिन महा शिवरात्रिको अवसरमा पूजा कार्यक्रम आयोजना गर्दै उक्त पूजामा उपस्थित भइ, धार्मिक तथा आध्यात्मिक लाभ उठाउनुहुन क्यानबेरामा बस्नुभएका सबै श्रदालु भक्तजनलाई अनुरोध गरिएको छ। महा शिवरात्रि वा शिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ।

व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महा शिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन्। ज्योतिषीय गणितको अनुसार चतुर्दशी तिथिमा चन्द्रमा अफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ। त्यस कारण बलहीन चन्द्रमा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छन्। चन्द्रमाको सीधा सम्बन्ध मनसग हुन्छ। अब मन: कमजोर हुदा भौतिक सन्तापले प्राणीलाई घेर्दछ तथा विषादको स्थिति उत्पन्न हुदछ। जसबाट कष्टहरूको सामना गर्नु पर्दछ।

चन्द्रमा शिवको मस्तकमा सुशोभित छन्। अत: चन्द्रदेवको कृपा प्राप्त गर्न भगवान शिवको आश्रय लिने गरिन्छ। महा शिवरात्रि शिवको प्रिय तिथि हो। अत: प्राय: ज्योतिषीहरू शिवरात्रिका दिन शिवको आराधना गरेर कष्टहरूबाट मुक्ति पाउन सुझाव दिन्छन्। शिव आदि-अनादि हुन। सृष्टिको विनाश वा पुन:स्थापनको बीचको मुख्य कडी हो प्रलय अर्थात कष्ट, पुन:स्थापन अर्यात सुख। अत: ज्योतिषमा शिवलाई सुखको आधार मानेर महा शिवरात्रिमा अनेक किसिमका अनुष्ठान गर्ने महत्ता दर्शाइएको छ। सनातन समाजले महा शिवरात्रि पूजा मा पूजा तथा आरती, प्रसाद व्यवस्थापन, भजन व्यवस्थापन, पुण्य दान तथा आर्थिक सहयोग, सरसफाई र क्लोजिङ, स्वास्थ्य सेवा तथा फर्स्ट एड सेवा आदि कुराहरूमा प्रत्यक्ष रूपमा सहभागी भएर सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ।

पशुपतिनाथको मन्दिर क्यानबेरामा निर्माण गर्ने लागेको र भगवान शिवको कृपा बिना यो असम्भव भएकाले निरन्तर गत तीन वर्ष देखि महा शिवरात्रि पूजा आयोजना गरिदै आएको सनातन समाजका सचिव बाशु चापगाइन बताउनुहुन्छ। यसैगरी अघिल्लो वर्ष लगभग ७०० देखि ८०० जना सम्मको उपस्थिति रहेको र, यो वर्ष अझै धेरैको उपस्थिति रहेमा फेडरल सरकारलाई मन्दिर निर्माण गर्नु महत्वपूर्ण योजना रहेको महसुस हुने र चाडै पशुपतिनाथ मन्दिर निर्माण हुन सक्ने भएकाले धेरै भन्दा धेरै श्रदालु भक्तजनहरुलाई महा शिवरात्रि पूजामा उपस्थित भइदिनुहुन आयोजक सनातन समाजले अनुरोध गरेको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *