The Unbreakable AGASTYA Premier Show क्यानबेरामा

मनोरञ्जन

आजकल नेपाली चलचित्र क्षेत्रमा एक्सन चलचित्र धेरै कम आउने गरेको छ। पछिल्लो समय चलचित्र अगस्त्यले धेरै चर्चा पाइरहेको छ। सौगात मल्लको अभिनय, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी लगायतका कलाकारहरुको अभिनय, सञ्जय लामाको छायाङ्कन, सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको यस चलचित्र फागुन १ देखि नेपालभर प्रदर्शन हुदैछ । नेपाली फिल्ममा एक्सनको अभाव भैरहेको समयमा ‘अगस्त्य’ चलचित्रले केही आशा देखाएको छ। साउथको झल्को दिने गरी तयार पारिएको टिजर र ट्रेलरपछि फिल्मको हाइप उच्च बनेको छ। एक्सनका पारखीलाई फिल्मले हलमा आकर्षित गर्न सक्ने सम्भावना प्रवल देखिन्छ। ट्रेलर हेर्दा अलिकति फरक कथा, सिनेमेटोग्राफी र अहिलेका धाराका नेपाली चलचित्र भन्दा निकै फरक भएकाकारणले दर्शकहरुले रुचाउनुहुनेछ भन्नेमा निमार्ण पक्ष आशावादि छ ।

‘अगस्त्य’ चलचित्रलाई अस्ट्रेलियाको राजधानी क्यानबेरामा पनि प्रदर्शन गरिने भएको छ। चलचित्रलाई क्यानबेरामा The ClassX Event ले ३ मार्चका दिन Limelight cinema मा साँझ ६:३० बजे प्रदर्शन गर्न लगिएको छ भने ८ मार्च र ९ मार्चमा पनि प्रदर्शन गरिने छ । नेपाली चलचित्रलाई विदेशी बजारमा व्यवसायिक विस्तार गर्ने उद्देश्यले ‘अगस्त्य’ क्यानबेरामा पनि प्रदर्शन गर्न लागिएको The ClassX Event का संचालक रितन खड्का बताउनुहुन्छ । चलचित्र अगस्त्यको टिकट बुकिङ पनि खुला गरिएको छ र सबैलाई चलचित्र हेरेर प्रतिक्रिया दिन The ClassX Event आग्रह गरेको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *