मेचीनगरको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आगलागी,दर्जनभन्दा बढी दमकल परिचालन

झापा-झापाको मेचीनगर-१५ ज्यामिरगढी भगवती लेमिनेट्स प्लाइउड कारखानामा आगलागी भएको छ । उद्योगमा बिहान पाँच बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणमा झापा जिल्लाभरका दर्जनभन्दा बढी दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डेढ सयभन्दा बढी सुरक्षाकर्मीका साथै स्थानीय समेतको प्रयत्नमा आगो निभाउने प्रयास भइरहेको छ […]

Continue Reading

एमाले झापाको ११ औं जिल्ला अधिवेशन चैत १५ र १६ गते

झापा— नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटीको आज बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो । बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला अधिवेशनमार्फत एमाले झापाको नयाँ नेतृत्व चयन […]

Continue Reading

झापा गोल्डकप: त्रिभूवनको संर्घषपूर्ण जित

दमक —त्रिभुवन आर्मी फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबविरुद्ध २–१ को जित निकाल्दै चार पटकको विजेता आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीका लागि खेलको ६१ औं मिनेटमा नवयुग श्रेष्ठ र ८० औं मिनेटमा बसन्त जिम्बाले गोल गर्दे जित दिलाएका हुन् […]

Continue Reading

झापा गोल्डकप :एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा

झापा — जारी छैटौ झापा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश प्रवेश गरेको छ । मंगलबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा न्यूरोटिम एनआरटीलाई १— ० ले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले स्टाइकर अवयामी फकुल्नेले खेलको ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो चर्च ब्वाइजले आयोजक […]

Continue Reading

एपीएफ क्लब झापा गोल्डकपको सेमिफाइनलमा

झापा- एपीएफ क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबार भएको खेलमा बागमती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३ – ४ गोलअन्तरले हराउँदै एपीएफ विजयी भएको हो । खेलमा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ नायक बने । उनले बागमती युवा क्लबका निर्मल घिसिङ र अबि लामाको पेनाल्टी बचाए ।दुबै टोलीले गोलका लागि अवसर सिर्जना गरेपनि निर्धारित […]

Continue Reading

सुखानी हत्याकाण्डको पाँच दशक, सहिदको योगदानमा के के भए ?

झापा – नेपाली कम्युनिस्ट आन्दोलनको कोसेढुंगाका रूपमा लिइने ‘झापा विद्रोह’का पाँच सहिदले सहादत प्राप्त गरेको दिन फागुन २१ लाई कम्युनिस्ट दलले विशेष रूपमा लिनेगरेका छन् । आजकै दिन ९२०२९ फागुन २१०मा कम्युनिस्ट आन्दोलनका योद्धा नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई इलामको दानाबारी ९हाल माई नगरपालिका०स्थित सुखानी जंगलमा गोली हानी हत्या […]

Continue Reading

फागुन २१ : ‘शुखानी हत्याकाण्डकाे सम्झना’

झापा- हरेक वर्ष फागुन २१ गते ५० अघिको घटना ताजा गराइदिन्छ जुन कम्युनिष्ट आन्दोलन र  झापा विद्रोहको शीर्ष स्थानमा रहेको सुखानी हत्याकाण्डले । यो पटक सुखानीमा इलाम र झापाका कम्युनिष्ट नेता कार्यकर्ता भेला भएर त्यही हत्या काण्डमा मारिएका शहिदहरुको स्मरणमा उनीहरुको प्रतिमामा माल्र्यापरण गरे । २०२९ फागुन २१ मा  कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त […]

Continue Reading

झापा गोल्डकप :नेपाल पुलिसलाई २— ०ले हराउँदै चर्चब्वाइज विजयी

झापा— चर्च ब्वाइज क्बल झापाको बिर्तामोडमा जारी छैटौं झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आइतबार भएको दोस्रो खेलमा नेपाल पुलिसलाई ०ले हराउँदै चर्चब्वाइज विजयी भएको हो । चर्च ब्वाइजका लागि विदेशी खेलाडी अवयमी र समिर तामाङले गोल गरे । खेलको ५३ औँ मिनेटमा अवयमीले पेनाल्टीमार्फत गोल गरे । पुलिसका गोलरक्षक सञ्जित […]

Continue Reading

झापा गोल्डकप पहिलो हाफमा पुलिस र चर्चब्वाइजबीच गोलरहित बराबरी

झापा — छैटौं झापा गोल्डकपअन्तर्गत आज नेपाल पुलिस र चर्च ब्वाइजबीच खेल भइरहेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी खेल निकै प्रतिस्पर्धात्मक छ । दुवै टोलीले गोलका लागि अवसर सृजना गरेका छन् । तर, गोल भने गर्न सकिरहेका छैनन् । २८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए […]

Continue Reading

झापा गोल्डकपमा आज चर्च ब्वाइज र पुलिस भिड्ने

झापा- झापामा जारी छैंटौं संस्करणको झापा गोल्डकप फुटबलमा आज चर्च ब्वाइज क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । विर्तामाडेस्थित डोमालाल रंगशालामा हुने खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रदै छन् । यसअघि हिजो भएको उद्धघाटन खेलमा काठमाडौंको संकटा क्लबलाई ४–२ गोल अन्तरले पराजित […]

Continue Reading