झापा गोल्डकपमा आज चर्च ब्वाइज र पुलिस भिड्ने

खेलकुद ताजा समाचार हाम्रो झापा

झापा- झापामा जारी छैंटौं संस्करणको झापा गोल्डकप फुटबलमा आज चर्च ब्वाइज क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

विर्तामाडेस्थित डोमालाल रंगशालामा हुने खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रदै छन् । यसअघि हिजो भएको उद्धघाटन खेलमा काठमाडौंको संकटा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै विभागीय टोली एपीएफ क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ ।

एपीएफको जितमा दिपेश धिमाल, विदेशी खेलाडी फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले समान एक÷एक गोल गरे । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारले एक÷एक गोल गरे ।

प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित १० टिमको सहभागिता रहेको छ । फागुन २८ गते संचालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित १३ लाख तथा उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *