फागुन २१ : ‘शुखानी हत्याकाण्डकाे सम्झना’

Share

झापा- हरेक वर्ष फागुन २१ गते ५० अघिको घटना ताजा गराइदिन्छ जुन कम्युनिष्ट आन्दोलन र  झापा विद्रोहको शीर्ष स्थानमा रहेको सुखानी हत्याकाण्डले । यो पटक सुखानीमा इलाम र झापाका कम्युनिष्ट नेता कार्यकर्ता भेला भएर त्यही हत्या काण्डमा मारिएका शहिदहरुको स्मरणमा उनीहरुको प्रतिमामा माल्र्यापरण गरे । २०२९ फागुन २१ मा  कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले देशभर परिचित छ । कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याउने झापा विद्रोह संगै ढलेका तिनै सहिदहरु गतवर्षबाट बल्ल पूर्णकदको शालिकमा भएपनि उभिन पाएका छन् भने यो वर्षबाट शहीदको नाममा दर्ज हुन पाएका छन् । झापा आन्दोलनका क्रममा तत्कालिन भूमिगत कम्युनिष्ट पार्टीका तत्कालीन मेची–कोशी को–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको कोअर्डिनेसन कमिटी, झापाले वर्गशत्रु खतम अभियान र तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो । यस दिन शहिदहरुको सम्झनामा यहाँ विभिन्न कार्यक्रम र सरसफाई गर्ने गरिन्छ । यसवर्ष युवा संघ नेपालको आयोजनामा सरसफाई कार्यक्रम गरिएको छ ।
नेत्र घिमिरे, कृष्ण कुइ“केल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानावारीस्थित सुखानीमा आजकै दिन हत्या गरिएको थियो । घिमिरे, कुइ“केल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए । उनीहरुलाई हत्या गरिएकै स्थानमा अहिले सहिदकै संख्याका पा“च रुख छन् । घटनास्थललाई सहिद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ । सोही स्थानमा पाँचै शहीदको प्रतिमा पनि स्थापना गरिएको छ ।  सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ ।   झापाको शनि–अर्जुन नगरपालिका भित्र सालघारीमा शहीद पार्कको निर्माण गरिएको छ । पाँचै शहीदको पूर्ण कदको शालिक उभ्याइएको छ । सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले झापाको शनिश्चरे स्थित नमूना सामुदायिक वन क्षेत्रभित्र प्रतिष्ठानले पाँच जना शहीदको पूर्ण कदको सालिकको उभ्याएपछि सम्झनाको रुप केही हदसम्म भएपनि फेरिएको थियो । त्यस क्षेत्रलाई सहिद पार्क बनाएपछि शुल्कसहित प्रतिष्ठानले जानेहरुलाई प्रवेश गराएर पार्कलाई जिवन्त बनाएको छ । पार्क सँगै भिमसेन पोखरी, स्मृति स्थल नजिकै एकसय ५० जना क्षमताको एउटा व्यवस्थित सेमिनार हल पनि बनाइएको छ ।

ताजा समाचार