एसईई नतिजा- ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा

झापा /माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना रहेका छन् भने ८९ हजार १२४ जनाले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् । २.४ देखि […]

Continue Reading

दमकमा सुरक्षित आप्रवासन सम्बन्धि छलफल

दमक/दमक नगरपालिकामा सञ्चालन रहेको सुरक्षित आप्रवासन कार्यक्रमले सराेकारवालाहरु सँग छलफल गरेको छ ।दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षता भएको कार्यक्रममा वैदेशिक राेजगारीमा अपनाउनुपर्ने सावधानी र सुरक्षाका विषयमा जानकारी गराइएको थियो । समि परियोजनाका जिल्ला संयाेजक शेखर बुढाथोकीले झापा मुलुकमा सबैभन्दा धेरै वैदेशिक राेजगारीमा जाने गरेको तथ्यांक प्रस्तुत गरेका थिए । उनलेे श्रम स्वीकृति लिएर बैशाख […]

Continue Reading

गौरादह नगरपालिकाको नगरसभा सुरु, विकासका लागि १५ वर्षे गुरु योजना निर्माण गरिने

गौरादह /गौरादह नगरपालिकाले १५ वर्षे गुरु योजना बनाएर नगरपालिकाको विकासलाई व्यवस्थित बनाउने भएको छ । १७ औं नगरसभा बैठक नगर प्रमुख छत्रपति सुवेदीले आज पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ । उक्त गुरु योजना हरेक पाँच वर्षम अद्यावधिक गर्ने प्रस्ताव पनि गरिएको छ ।नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरुसँग […]

Continue Reading

विद्यालयमै स्वास्थ्य सेवा: विद्यार्थीका साथी बने विद्यालय नर्स

राजु पोख्रेल, झापा‘हामीलाई केही भयो भने अब डर लाग्दैन, नर्स दिदीले सबै बुझ्नुहुन्छ,’ — यो भनाइ झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयकी कक्षा ९ की छात्रा एरिका यादवको हो। कहिल्यै महिनावारीका कुरा गर्न नचाहने उनी अब खुलेर नर्स प्रतिमा श्रेष्ठसँग आफ्ना समस्या साझा गर्छिन्। यादवको अनुभव, आज लाखौँ नेपाली किशोरीहरूको प्रतिनिधित्व गर्छ। विद्यालयमा नर्सको […]

Continue Reading

सामुदायिक बिद्यालय ब्यबस्थापन समिति महासंघ झापाको अध्यक्षमा बुद्धिमान कार्की चयन

झापा । सामुदायिक बिद्यालय ब्यबस्थापन समिति महासंघ झापाको अध्यक्षमा बुद्धिमान कार्की चयन     हुनुभएको छ।हामी सुधार्छौ हाम्रो बिद्यालय भन्ने मुल नारा सहित महासंघको सुरुङ्गामा भएको प्रथम अधिबेशनबाट कार्की (गौरादह)सहित १५ सदस्य जिल्ला कार्य समिति चयन भएको हो ।उक्त समितिको उपाध्यक्षमा केदार बहादुर बुडाथोकी ( मेचीनगर) , सचिबमा स्यामबीर लिम्वु ( बुद्धशान्ती), कोषाध्यक्ष निर्मला सिल्वाल ( कन्काई) र […]

Continue Reading

गौरादहमा टोल विकास संस्थाका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

गौरादह /झापाको गाैरादह नगरपालिकामा टाेल विकास संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम शुरु भएको छ । भिन्न मिडिया एण्ड रिसर्च प्रालि दमककाे सहजीकरणमा शुरु भएको तालिममा गाैरादहका टाेल विकास संस्थाका पदाधिकारी सहभागी रहेका छन् । तालिम उद्घाटन कार्यक्रममा गाैरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले टाेल विकास संस्था विकासका साझेदार रहेको बताएका थिए । उनले विकास योजना सञ्चालनमा […]

Continue Reading

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झापा आउँदै

दमक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) झापा आउने भएका छन् । जातीय मोर्चाहरुको संयुक्त सम्मेलन उद्घाटन गर्न अध्यक्ष प्रचण्ड झापा आउन लागेको प्रेस सेन्टर नेपाल झापाद्वारा मङ्गलबार दमकमा आयोजित पत्रकार सम्मेलनमा  जानकारी दिइएको हो ।  जेठ ३१ गते पाँच जातीय मोर्चाहरुको  राष्ट्रीय सम्मेलनलाई पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय […]

Continue Reading

पत्रकार माथि दुर्व्यवहार गरेकोप्रति चौतारीको गम्भीर आपत्ति, दोषीलाई कारबाहीको माग

झापा/वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथि गरेको दुर्व्यवहार प्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ। नेपाल प्रेस डट कममा फोटो पत्रकार कार्कीलाई हिजो नेकपा समाजवादीको पार्टी कार्यालयबाट बाहिरिंदै गर्दा थापाले अपशब्द गर्दै दुव्र्यवहार गरेका थिए । सार्वजनिक स्थानमा निर्वाध रुपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकको जिम्मेवार अधिवक्ताबाट नै उल्लंघन भएकोमा चौतारीले गम्भिर […]

Continue Reading

प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा एक लाख बढी विद्यार्थीले अवलोकन गर्ने

बिर्तामाेड । नेकपा एमाले काेशीकाे विज्ञान तथा प्रविधि विभागकाे आयाेजनामा हुने ‘विज्ञान तथा प्रविधि प्रदर्शनी’ को तयारी अन्तिम चरणमा पुगेकाे छ । आयाेजकले बिर्तामाेडमा पत्रकार सम्मेलन गरेर कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । जेठ २४, २५ र २६ गते बिर्तामाेडकाे देवी मावीमा हुने प्रतियाेगितात्मक प्रदर्शनीकाे उद्घाटन पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय […]

Continue Reading

समृद्धिका लागि योजना चित्र बनाउदै एमाले

बिर्तामोड – नेकपा एमालेले जनताको घरघरमा पुगेर समस्याको पहिचान गर्दै विकासको खाका बनाउने अभियान सुरु गरेको छ ।जनताको चहानाका आधारमा विकासको खाका बनाउन बुधवार झापामा अभिमुखिकरण सञ्चालन गरिएको छ । कोशी प्रदेशको विकास र समृद्धिका लागि झापा जिल्लाको योजना चित्र निर्माण गर्न आयोजित अभिमुखिकरणमा नेताहरुले अब जनताको घरघर पुगेर समस्याहरुको संकलन गर्ने जनाएका हुन् । […]

Continue Reading