गौरादह /झापाको गाैरादह नगरपालिकामा टाेल विकास संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम शुरु भएको छ । भिन्न मिडिया एण्ड रिसर्च प्रालि दमककाे सहजीकरणमा शुरु भएको तालिममा गाैरादहका टाेल विकास संस्थाका पदाधिकारी सहभागी रहेका छन् । तालिम उद्घाटन कार्यक्रममा गाैरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले टाेल विकास संस्था विकासका साझेदार रहेको बताएका थिए । उनले विकास योजना सञ्चालनमा टाेलकाे महत्त्वपूर्ण भुमिका रहने बताए । टाेल विकासकाे क्षमता अभिवृद्धि गरि याेजना सञ्चालनमा सहभागी गराउने र त्यसका लागि टाेल विकास संस्था अनिवार्य दर्ता हुनुपर्ने उनले बताए । गाैरादह नगरपालिकाकि उपप्रमुख जलवर्षा राजंबशीले टाेल विकास संस्थाहरु सक्रिय भए विकास याेजनाहरुकाे सहि ढंगमा कार्यान्वन हुने बताइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले तल्लो इकाई टाेल विकास संस्थालाई सक्रिय गराइ विकास निर्माणमा सहभागी गराइने बताए । भिन्न मिडियाका अध्यक्ष राजु पाेखरेलकाे अध्यक्षतामा भएको तालिमको गाैराखह जेसिजका पुर्व अध्यक्ष खड्ग थापाले सहजीकरण गरेका थिए । तालिम भाेलि सम्म सञ्चालन हुने छ ।
गौरादहमा टोल विकास संस्थाका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

Share