प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा एक लाख बढी विद्यार्थीले अवलोकन गर्ने

ताजा समाचार मुख्य समाचार सुचना प्रविधि हाम्रो झापा

बिर्तामाेड । नेकपा एमाले काेशीकाे विज्ञान तथा प्रविधि विभागकाे आयाेजनामा हुने ‘विज्ञान तथा प्रविधि प्रदर्शनी’ को तयारी अन्तिम चरणमा पुगेकाे छ ।

आयाेजकले बिर्तामाेडमा पत्रकार सम्मेलन गरेर कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । जेठ २४, २५ र २६ गते बिर्तामाेडकाे देवी मावीमा हुने प्रतियाेगितात्मक प्रदर्शनीकाे उद्घाटन पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएकाे छ ।

‘अहिलेकाे प्रविधिलाई आम नागरिकसामु उजागर गरेर आगामी पुस्तालाई नयाँ प्रविधिकाे अविस्कार तथा छायाँमा परेका प्रविधि निर्मातालाई सम्मान गर्न हामीले याे कार्यक्रम गर्न लागेका हाै, एमाले काेशीकाे विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पाेखरेलले भने-‘याे कार्यक्रमले पार्टीले लिएकाे ‘समृद्व नेपाल सुखी नेपाली’ काे नारालाई व्यबहारिक रुपमा अगाडि बढाउन मदत पुग्छ ।’

कार्यक्रमका संयाेजकसमेत रहेका पाेखरेलले काेशी प्रदेशको १२ जिल्लाका ७० वटा बिद्यालयहरु प्रतियाेगितात्मक प्रदर्शनीमा सहभागी हुने जानकारी दिए । उनले तीनदिने प्रदर्शनीमा १ लाख बिद्यार्थी ले अवलाेकन गर्नेसमेत बताए ।

एनसेल कम्पनीकाे मुख्य प्रायोजनमा हुन लागेकाे प्रदर्शनीमा ४४ लाख ५० हजार रुपैंयाँ खर्च हुने अनुमान आयाेजकको रहेकाे छ । प्रतियाेगितामा पहिलाे हुने बिद्यालयले ४ लाख, दाेस्राेले ३ लाख, तेस्राेले २ लाख र सान्त्वनाले १ लाख रुपैंयाँ पुरस्कार पाउने छन् । बाँकी २५ वटा बिद्यालयले २५ हजार रुपैंयाँका दरले पुरस्कार पाउने आयाेजकले जनाएकाे छ ।

कार्यक्रमका लागि १२५ वटा स्टल बनाइएका छन् । जसमा २० वटा स्टल व्यवसायिक प्रयाेजनकाे लागि बिक्री गरिने जनाइएकाे छ । जसमा बिभिन्न बिद्यालय तथा शैक्षिक संस्थाहरुले आफ्नाे शैक्षिक संस्थाकाे प्रचार गर्न सक्ने छन् । बिर्तामाेडकाे युथ पावर फाउण्डेसनसँगको सहकार्यमा हुन लागेकाे कार्यक्रम काेशी प्रदेशमा नै पहिलाे पटक हुन लागेकाे दावी आयाेजकको रहेकाे छ ।

कार्यक्रममा एमाले स्थाई कमिटी सदस्य तथा कोशी ईन्चार्ज शेरधन राईले पार्टीले मिसन ८४ को लक्ष्य प्राप्तिका लागि अगाडि सारेका बिभिन्न गतिविधिमध्ये याे सृजनशिल कार्यक्रम भएकाे टिप्पणी गरे । उनले एमाले कोशीले समृद्धि चित्र तयार गरेर अगाडि बढिरहेको भन्दै जनताकाे समृद्विका लागि एमाले प्रतिवद्व रहेकाे बताए । राईले पुर्वमा बिद्यालयका बिध्यार्थी लाई प्रतियोगितात्मक सहभागी गराउदा बिद्यार्थीकाे मनोबल र मनोभावना वृद्धि भै खोज अनुसन्धान र बिज्ञान क्षेत्रमा कार्यकुशलता प्राप्त हुने बताए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *