समृद्धिका लागि योजना चित्र बनाउदै एमाले

ताजा समाचार प्रदेश मुख्य समाचार राजनीति हाम्रो झापा

बिर्तामोड – नेकपा एमालेले जनताको घरघरमा पुगेर समस्याको पहिचान गर्दै विकासको खाका बनाउने अभियान सुरु गरेको छ ।
जनताको चहानाका आधारमा विकासको खाका बनाउन बुधवार झापामा अभिमुखिकरण सञ्चालन गरिएको छ । कोशी प्रदेशको विकास र समृद्धिका लागि झापा जिल्लाको योजना चित्र निर्माण गर्न आयोजित अभिमुखिकरणमा नेताहरुले अब जनताको घरघर पुगेर समस्याहरुको संकलन गर्ने जनाएका हुन् । नेकपा एमालेका कोशी प्रदेश इञ्चार्ज शेरधन राईले नेताहरुलाई कोशी प्रदेशको समृद्धिका लागि जिल्ला– जिल्लामा योजना चित्र निर्माण गर्न सूझाव दिनुभयो । उहाँले ०८२ भित्र प्रदेशका सबै जिल्लाले समृद्धिका लागि योजना चित्र बनाउने जानकारी दिनुभयो ।
जनप्रतिनिधि, पार्टीका नेताहरु सहभागी भएको अभिमुखिकरण कार्यक्रममा उहाँले वडासम्मको विकासका खाका बनाउन सूझाव दिनुभएको हो । जनताको आधारभुत आवश्यकता के हो रु योजना चित्र मार्फत ल्याउनुहोस्, उहाँले भन्नुभयो, ‘ भौतिक पूर्वाधारको अधिकतम काम सम्पन्न भएको छ, अब जनतालाई आर्थिक रुपमा सम्पन्न कसरी बनाउने हो रु योजना बनाउनुहोस् ।’
पूर्व मुख्यमन्त्री राईले हरेक निर्वाचनमा जनताले मतदान किन गर्ने भन्ने जिज्ञासा राख्छन्, त्यसका लागि योजना चाहिन्छ । हामीले समृद्धिको खाका दिएपछि मात्रै जनताले एमालेलाई बहुमत दिनेछन् । झापाको योजना चित्र बनाउन ७ सदस्यीय कार्यदलमा विज्ञहरु, राजनीतिक नेतृत्व रहनेछन् । वडादेखि जिल्ला तहसम्मको चौतर्फी विश्लेषण गरेर योजना बनाउन नेता राईले सूझाव दिनुभयो ।
‘स्वच्छ, सुखी र समुन्नत कोशी प्रदेश’ का लागि योजना चित्र मार्फत एमाले अघि बढ्ने उहाँको धारणा छ । एमालेले आगामी निर्वाचनमा बहुमत जीत हासिल गर्ने गरी योजना बनाएर जनताको बीचमा जानुपर्ने बताउनुभयो ।
जनप्रतिनिधि, पार्टीका नेताहरुले समेत सूझाव राखेको कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले समृद्धिका लागि निर्माण गरिने योजना चित्रले झापाबासीको भावनालाई सम्बोधन गर्ने बताउनुभयो । कोशी प्रदेशको समृद्धिका लागि झापाको विकास महत्वपूर्ण हुने बताउदै अध्यक्ष गिरीले झापाको सबै क्षेत्रको अध्ययन गरेर योजना बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।नेकपा (एमाले ) झापा जिल्ला कमिटी उपाध्यक्ष शिवकुमार ढुंगेलले स्वागत गरेको कार्यक्रम जिल्ला सचिव तुलसी कार्कीले संचालन गर्नु भएको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *