दमक/दमक नगरपालिकामा सञ्चालन रहेको सुरक्षित आप्रवासन कार्यक्रमले सराेकारवालाहरु सँग छलफल गरेको छ ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षता भएको कार्यक्रममा वैदेशिक राेजगारीमा अपनाउनुपर्ने सावधानी र सुरक्षाका विषयमा जानकारी गराइएको थियो । समि परियोजनाका जिल्ला संयाेजक शेखर बुढाथोकीले झापा मुलुकमा सबैभन्दा धेरै वैदेशिक राेजगारीमा जाने गरेको तथ्यांक प्रस्तुत गरेका थिए । उनलेे श्रम स्वीकृति लिएर बैशाख सम्म झापाबाट ३५ हजार ३ सय ९१ जना राेजगारीका लागि विदेश गएको उल्लेख गरे । यस्तै दमकमा रहेको राेजगार सचेतना केन्द्रबाट २ हजार ३ सय ४२ जनालाई परामर्श प्रदान गरेको जनाएको छ ।
यस्तै गरि दमक नगरपालिका क्षेत्रबाट वैदेशिक राेगारीमा गएर बिदेशमै मृत्यु १० जनाकाे शव ल्याउन सहजीकरण गरेको उनलेे बताए । यस्तै श्रम स्वीकृति लिएर बिदेशमै मृत्यु भएकालाई बिमा वापतकाे रकम ल्याउन पनि दमक नगरपालिकाले सहयोग गर्ने गरेको जानकारी दिइयाे । बैदेशिक राेजगार प्रबर्द्धन बाेर्ड र बिमा बापत मृतक परिवारले २४ लाख रुपैयाँ प्राप्त गर्ने गरेका छन् । यस्तै बिदेशमै अङ्गभङ्ग या जटिल राेग लागेमा समेत ७ लाख रुपैया उपचार खर्च बापत प्राप्त गर्ने छन् । यस्तै परिवारका सदस्य बिरामी भएमा ५० हजार सम्म पाउने व्यवस्था रहेको बुढाथोकीले जानकारी दिए ।दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले सुरक्षित बैदेशिक राेजगारीका लागि सबैले सजग गराउनुपर्ने बताइन् । उनलेे सबै स्पष्ट रुपमा बुझेर मात्रै बिदेश राेजगारीका लागि जान सुझाव दिइन । कार्यक्रम दमक नगरपालिका सामाजिक शाखा प्रमुख केशव प्रसाईंले सञ्चालन गरेका थिए ।

Share