थुनामा रहेका चार भुटानीलाई तत्काल देश निकाला नगर्न सर्वोच्चको आदेश

झापा /अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर हाल झापामा थुनामा रहेका चार भुटानीलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई वैशाख ११ गते सर्वोच्चको इजलासमा पेस गर्न आदेश गरेको हो ।थुनामा रहेका भुटानी शरणार्थीलाई […]

Continue Reading

सरकार सञ्चालनमा कुनै समस्या नरहेको उच्चस्तरीय संयन्त्रको निष्कर्ष

झापा /सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र सरकारको कामबारे समीक्षा भएको हो ।बैठकपछि पत्रकारसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले सत्ता सञ्चालनका विषयमा कांग्रेस र एमालेबीच कुनै समस्या नरहेको बताउनुभयो ।बाहिर जुन ढङ्गले कुरा आइरहेको छ, […]

Continue Reading

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण

झापा /प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा ९एमाले० ले आज विषयगत सुझावहरु बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझावपत्र हस्तान्तरण गर्नुभएको हो । एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिएपनि त्यसबेला अघिल्लो […]

Continue Reading

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

झापा /सरकारले शनिबार र आइतबार देशव्यापी रुपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाइने भएको हो ।यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । […]

Continue Reading

कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी हुँदै,१४ जिल्लाका १५० बिद्यालयको सहभागिता रहने

झापा/झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ । नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा बिर्तामोडको देवी माविको प्राङ्गणमा आगामी जेठ १ गतेदेखि ३ गतेसम्म विज्ञान प्रदर्शनी हुने भएको हो ।झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा कोशीको विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोखरेलले प्रदर्शनीमा एक लाख विद्यार्थी सहभागी हुने […]

Continue Reading

समग्र विकासतर्फको अर्को कदम: गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलद्वारा स्वास्थ्य र प्रविधिमा ऐतिहासिक सहकार्य

गौरादह— शैक्षिक गुणस्तर र समग्र विकासमा निरन्तर अग्रसर गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलले पछिल्लो समय स्वास्थ्य र प्रविधिका क्षेत्रमा उल्लेखनीय पहल गर्दै आएको छ। केही दिनअघि विद्यालयले लाइफ लाइन अस्पताल, दमकसँग औपचारिक स्वास्थ्य साझेदारी गर्दै विद्यार्थी, शिक्षक तथा अभिभावकलाई अस्पताल सेवामा १५% छुट दिने व्यवस्था मिलाएको थियो। यस पहलले विद्यालय समुदायलाई आकस्मिक उपचार तथा स्वास्थ्य […]

Continue Reading

एमालेले झापाका शिवाकोटी सहित ७ जनालाई ‘कम्युनिस्ट योद्धा’का रूपमा सम्मान गर्ने

नेकपा (एमाले)ले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ ।आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरुमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम […]

Continue Reading

पूर्वराजाको सन्देशप्रति एमालेको प्रश्न- लुटपाट र विध्वंस मच्चाउनु जनतामा आएको जागरण हो ?

झापा/सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो शुभकामना सन्देशप्रति आपत्ति जनाएको छ । पूर्वराजाको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा अझै जीवितै रहेको निष्कर्षसमेत एमालेले निकालेको छ । आज बसेको केन्द्रीय सचिवालयको ४८ औं बैठकले सो निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारसँग बोल्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले चैत १५ गतेको आपराधिक घटनालाई ‘जनतामा […]

Continue Reading

नब बर्ष २०८२ प्रारम्भ,शुभकामना आदानप्रदान गरी मनाइँदै

झापा /आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको […]

Continue Reading

राष्ट्रिय अपाङ्गता संगठन नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा जगदीशप्रसाद अधिकारी निर्बाचित

झापा /राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।महाधिबेशनले अध्यक्षमा जगदीशप्रसाद अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ ।राजधानीको सुकेधारामा नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरेको राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो अधिवेशनले उपाध्यक्षमा निर्मला धिताल र कृष्ण गौतम, महासचिवमा रमेश लामा, उपमहासचिव शिशिर खनाल, सचिवहरुमा राजु बस्नेत, देवीदत्त आचार्य र खोमराज […]

Continue Reading