सरकार सञ्चालनमा कुनै समस्या नरहेको उच्चस्तरीय संयन्त्रको निष्कर्ष

ताजा समाचार राजनीति


झापा /सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र सरकारको कामबारे समीक्षा भएको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले सत्ता सञ्चालनका विषयमा कांग्रेस र एमालेबीच कुनै समस्या नरहेको बताउनुभयो ।
बाहिर जुन ढङ्गले कुरा आइरहेको छ, त्यस्तो कुनै समस्या नभएको दुई शीर्ष नेतासहितको बैठकमा सौहार्दपूर्ण र सकारात्मक कुराकानी भएको जानकारी दिनुभयो ।सरकारको कार्यशैली र गठबन्धनको विषयमा उठेका विभिन्न विषयहरुलाई साझा संवादबाट टुङ्गो लगाउने समझदारी भएको छ ।
सत्तारुढ दलकै नेताहरुले सरकार र प्रधानमन्त्रीको कार्यशैलीबारे आलोचना गरिरहेको भन्दै बैठकमा कुरा भएको थियो ।गृहमन्त्री लेखकले शिक्षकको माग चाँडो सम्बोधनका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले संसदको आगामी अधिवेशनबाट शिक्षासम्बन्धी विधेयक टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संयन्त्रका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *