झापा /राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।महाधिबेशनले अध्यक्षमा जगदीशप्रसाद अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ ।
राजधानीको सुकेधारामा नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरेको राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो अधिवेशनले उपाध्यक्षमा निर्मला धिताल र कृष्ण गौतम, महासचिवमा रमेश लामा, उपमहासचिव शिशिर खनाल, सचिवहरुमा राजु बस्नेत, देवीदत्त आचार्य र खोमराज शर्मा तथा कोषाध्यक्षमा कमला बुढाथोकीलाई निर्विरोध निर्वाचित गर्नुका साथै ५५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।
यस्तै, केन्द्रीय कमिटीको सदस्यहरु भीमा खतिवडा, गोविन्द विष्ट, खेमकुमारी ढुंगेल, जितेन्द्रकुमार यादव, कविता श्रेष्ठ, गोकर्ण तिवारी, शोभा पौडेल, लक्ष्मण सुवेदी, रेनुका पन्थी, कृष्णबहादुर जिसी, डिलसरा बोहरा, शेरबहादुर ओली, अर्जुन रावल, शुष्मा कार्की, कलाधर भण्डारी, चित्र माया आले, मिना पौडेल, सागर लुईटेल, दिलिप सापकोटा, सिता बराईली, सुनिता थापा, अमृत राई, डा। गोविन्द आचार्य, सत्यवती वाग्ले, सन्तोष केसी, सूर्यबहादुर बुढाथोकी, जानुका रोक्का, पुष्पराज रिमाल, रविन मैनाली, विकाश श्रेष्ठ, नवराज सोती, बुद्धीबहादुर वागदास, विजय कुमार, यादव, शर्मिला विश्वकर्मा, कृष्ण अधिकारी, देवी आचार्य, मिना पौडेल, दयाराम अधिकारी, धनजंग थापा, रामप्रसाद धमला, शुरेश चन्द्र न्यौपाने, रेहिणीप्रसाद उपाध्याय, सविन रुपाखेती, श्याम कार्की, कनैयालाल राना, शंकर उपाध्याय, हेमनाथ ज्ञावाली, लेखा आयोग प्रमुखमा केपी अधिकारी, अनुशासन आयोग प्रमुखमा नेत्र सापकोटा, सदस्यमा गुणराज खतिवडा र निर्वाचन आयोग प्रमुखमा डा लक्ष्मणप्रसाद ज्ञवाली र सदस्यहरुमा तारा ढकाल र राजेन्द्र घिमिरे रहेका छन् ।
महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष जगदीशप्रसाद अधिकारीले केही समयमा प्रथम केन्द्रीय कमिटीको बैठक बसी आगामी योजना कार्यक्रम तय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।‘हाम्रो पार्टीविरुद्ध चौतर्फी आक्रमण छ । देशभरि संगठन निर्माण तथा प्रशिक्षणहरु आयोजना गर्नुपर्नेछ । अपाङ्गता भएका व्यक्तिहरुलाई नीति निर्माण तहमा पुर्याउन वकालत पैरवी गर्नु छ । यी विविध सवालहरु नै आजको हाम्रो मुख्य सवालहरु हुन् । अब आउने केन्द्रीय कमिटी बैठकमा यी सबै सवालहरुमा छलफल गरेर योजनावद्ध रुपमा सबैलाई समान जिम्मेवारी प्रदान गरेर अघि बढ्छौँ ।’ अध्यक्ष अधिकारीले भने ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



