गौरादह— शैक्षिक गुणस्तर र समग्र विकासमा निरन्तर अग्रसर गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलले पछिल्लो समय स्वास्थ्य र प्रविधिका क्षेत्रमा उल्लेखनीय पहल गर्दै आएको छ।
केही दिनअघि विद्यालयले लाइफ लाइन अस्पताल, दमकसँग औपचारिक स्वास्थ्य साझेदारी गर्दै विद्यार्थी, शिक्षक तथा अभिभावकलाई अस्पताल सेवामा १५% छुट दिने व्यवस्था मिलाएको थियो। यस पहलले विद्यालय समुदायलाई आकस्मिक उपचार तथा स्वास्थ्य परीक्षणमा सहजता पुर्याउने विश्वास दिलाएको छ।
यससँगै विद्यालयले आगामी शैक्षिक सत्र २०८२ देखि रोबोटिक्स, IoT (इन्टरनेट अफ थिङ्स) र AI (कृत्रिम बौद्धिकता) कक्षा पनि सुरु गर्ने घोषणा गरेको छ। PI Innovation को सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत बालमैत्री प्रविधि शिक्षा, स्मार्ट परियोजना निर्माण र भविष्यमुखी प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिइनेछ।
विद्यालयका शिक्षक राम तामाङ को अनुसार, “हामी गोल्डेन सनराइजलाई केवल पठनपाठनको केन्द्र होइन, जीवनका सबै पक्षमा विद्यार्थीलाई सक्षम बनाउने संस्थाको रूपमा विकास गरिरहेका छौं। स्वास्थ्य साझेदारी र प्रविधिमैत्री कक्षा हाम्रो सोही लक्ष्यतर्फको अर्को सार्थक पाइला हो।”
विद्यालयले यसअघि पनि सांस्कृतिक, खेलकुद र शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्दै गौरादह नगरपालिका भरि उदाहरणीय उपस्थिति जनाउँदै आएको छ। पाँचौं कक्षामा २ जना विद्यार्थीको ४.० GPA, १२ जनाको ३.९० GPA भन्दा माथि, र आठौं कक्षामा १२ जनाको A+ नतिजा त्यसैको प्रमाण हो।
गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलको यस्ता पहलले विद्यालयलाई गौरादह मात्र नभई प्रदेशभरकै समग्र शिक्षाको आधुनिक मोडलको रूपमा स्थापित गर्दै लगेको देखिन्छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



