झापा/सिम्रिक यातायात ट्राभल एण्ड टुर्स प्रा.लि.ले राजविराज–काठमाडौं रुटमा आधुनिक सुविधासम्पन्न सिम्रिक ए.सी. बस सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यात्रुहरूलाई सुरक्षित, आरामदायी र भरपर्दो यात्रा सेवा उपलब्ध गराउने उद्देश्यका साथ बस सेवा शुभारम्भ गरिएको कम्पनीले जनाएको छ।
बस सेवाको शुभारम्भअघि राजविराजस्थित राजदेवी मन्दिरमा विशेष पूजा–आराधना गरी विधिपूर्वक सञ्चालनको सुरुआत गरिएको थियो। शुभारम्भ कार्यक्रममा कम्पनीका पदाधिकारी, शुभेच्छुक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
कम्पनीका अनुसार नयाँ ए.सी. बसमा यात्रुको सुविधालाई प्राथमिकतामा राख्दै लक्जरी भीआईपी सोफा सिट, निःशुल्क वाइफाइ, एलईडी टेलिभिजन, मिनरल वाटर लगायतका आधुनिक सुविधा उपलब्ध गराइएको छ। लामो दूरीको यात्रालाई सहज, सुरक्षित र आरामदायी बनाउने लक्ष्यका साथ सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
राजविराज–काठमाडौं रुटका सञ्चालक तथा म्यानेजिङ हेड अभिनय सिंह राजपूतले यात्रुको विश्वास जित्ने गरी समयमै, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै यात्रुलाई सिम्रिक ए.सी. बस सेवा उपयोग गर्न आग्रह गरे।
कम्पनीका अध्यक्ष कुमार पाण्डेले सिम्रिक यातायातले यसअघि झापा–काठमाडौं, विराटनगर–काठमाडौं, धरान–काठमाडौं लगायतका विभिन्न रुटमा सफलतापूर्वक सेवा सञ्चालन गरिरहेको जानकारी दिए। ती रुटमा यात्रुबाट राम्रो प्रतिक्रिया प्राप्त भएकाले सेवा विस्तारलाई निरन्तरता दिइएको उनले बताए।
कम्पनीका म्यानेजिङ डाइरेक्टर मनोज अधिकारीले निकट भविष्यमै देशका विभिन्न प्रमुख गन्तव्यमा सिम्रिक ए.सी. बस सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए। उनले आधुनिक, सुरक्षित र यात्रुमैत्री यातायात सेवा प्रदान गर्दै देशभर सिम्रिकको सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको बताए।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



